Logo

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम



नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३.४ प्रतिशत छ । हालसम्म कोरोना संक्रमणबाट ५३ हजार ८ सय ९८ जना निको भएका छन् । 

सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने दर सबैभन्दा बढी छ । पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा ९४.४ प्रतिशत । त्यसपछि तेस्रोमा माल्दिभ्स छ । त्यहाँ निको हुने दर ८३.२, भारतमा ८२.६ प्रतिशत छ । त्यसपछि अफगानिस्तानमा ८३.२, भारतमा ८२.१, भुटानमा ७५.३ र बंगलादेशमा ७४.८ प्रतिशत छ । नेपालमा पछिल्लो २४ घण्टा (आइतबार अपराह्नसम्म) मा ८ सय ८५ जना मात्रै डिस्चार्ज भएका छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी सार्क राष्ट्रमध्ये कतिपयले विशेष औषधिको प्रयोग गरिरहेको हुन सक्ने बताउँछन् । ‘बंगलादेशलगायत केही मुलुकले विशेष औषधि चलाएका पनि छन् । त्यसकारण पनि नेपालबाहेकका मुलुकमा कोरोनाबाट निको हुने दर बढेको हुन सक्छ, डा. मरासिनी भन्छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । 

प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार  ७ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।