नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाश रसाइली स्नेहीलाई माइक्रोबसले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।
स्कुटीमा सवार कांग्रेस सांसद प्रकाश स्नेहीलाई सोमबार बिहान माइक्रोबसले सितापाइलामा ठक्कर दिएको थियो ।
उनको खुट्टा र कुममा गम्भीर चोट लागेको छ । घाइते सांसदको नर्भिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया