विल्सन विक्रम राई (तक्मे बुडा) र नायिका रजनी गुरुङको मुख्य भुमिका रहेको हेर्देउन मायालेु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर गायक तथा समाजसेवी निमा तामाङको रहेको छ ।
भद्रकला आङबुहाङ राईको शब्द रहेको यस गीतलाई बादल लिम्बुले संगीतवद्द गरेका हुन्। म्युजिक भिडियो विल्सन विक्रम राई (तक्मे बुडा) , रजनी गुरुङ बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ।
पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडियोमा विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ। किरण राईको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो। तक्मेबुडा डट कम मार्फत भिडियो सार्वजनिक गरिएको हो।
प्रतिक्रिया