Logo

वर्षको अन्तीम दिन शेयरबजारले बनायो नयाँ रेकर्ड 



मंगलबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेर २७ सय भन्दा माथिको अंकको विन्दुमा पुगेको छ । शेयर बजारले अधिल्लो सातादेखि नै दिनाहुँदिन नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको छ । 

मंगलबार शेयर बजार २३ दशमलव २३ अंकले बढेर २७१४.७९ अंकको विन्दुमा अडिग रहेको छ । नेप्सेको इतिहास मै नेप्से इन्डेक्सले नयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको हो । 

बजार बढेर २७ सयको विन्दु पार गर्दा शेयर बजारका सम्पूर्ण परिसूचकहरुमा वृद्धि देखिएको छ । 
मंगलबार २ सय ९ कम्पनीको ७६ हजार ९४ पटकको काराबारमा १ करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता शेयरको कारोबार हुँदा ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार २७ पैसा बराबरको कारोबार भएको छ । 

मंगलबार पनि कारोबार संख्याका आधारमा नेपाल इन्फ्रास्टकचर बैंकको सर्वाधिक ४ हजार ४ सय ३६ पटक कारोबार भएको छ । त्यस्तै शेयर संख्याका आधारमा भने नेपाल बैंक लिमिटेडको सर्वाधिक ६ लाख २६ हजार ९ सय १३ कित्ता शेयरको कारोबार भएको छ । 

कारोबार रकमका आधारमा भने मंगलबार नबिल बैंकको सार्वधिक २८ करोड ६२ लाख ६० हजार ९ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नेपाल बैंकको २८ करोड १६ लाख ५३ हजार २ सय ५६ रुपैयाँ बराबरको कारोबार भएको छ । 

दोहोरो अंकले बढेको बजारमा ५ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । एन.आई.सि एशिया लघुवित्त, माउन्टेन हाईड्रो, ज्योती लाईफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र छ्याङदि हाईड्रो कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । 

त्यस्तै मंगलबार लक्ष्मी लघुवित्त र ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक ४ दशमलव २७ प्रतिशतले गुमाएका छन् । 

मंगलबार १३ समूहको कारोबार भएकोमा ७ समूहको परिसूचक ओरालो लाग्दा बाँकी ६ समूहको परिसूचक उकालोे लागेका छन् । जसमा विकास बैंक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ४१ प्रतिशतले बढेको छ । बैंकिङको २ दशमलव ३० प्रतिशत, ट्रेडिङ समूहको १ दशमलव ७९ प्रतिशत, जलविद्युतको १ दशमलव २३ प्रतिशतले बढ्दा वित्त र म्यूचल फन्ड समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले बढेका छन् । 

घटेर बन्दहुने समूहमध्य होटल्स् समूहको परिसूचक १ दशमलव ६१ प्रतिशतले घटेको छ भने बाँकी लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, नीर्जीवन बीमा र अन्य समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले घटेका छन् । 

मंगलबार बजार बन्दहुँदा नेप्सेको कूल बजार पूँजीकरण पनि हालसम्मकै उच्च ३७ खर्ब ५८ अर्ब ९७ करोड ५७ लाख ५ हजार ९ सय ६८ रुपैयाँ ५ पैसा कायम भएको छ । 

शुन्य दशमलव ८६ प्रतिशतले बढेको बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको शेयर मूल्य घटेको छ बाँकी १० कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ । 

प्रकाशित मिति : चैत्र ३१, २०७७ मंगलबार  ४ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।