Logo

विराट गोल्डकप : आजदेखि सेमीफाइनलका खेल हुँदै



विराटनगर : विराटगोल्ड कपमा आजदेखि सेमीफाइनलका संस्करण सुरु हुँदैछ । सेमीफाइलनको पहिलो खेल घरेलु टिम विराटनगर ११ ले एपीएफको सामना गर्नेछ ।

फाइनल यात्राको लागि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) र घरेलु टिम विराटनगर ११ बिच प्रतिस्पर्धा हुनेछ । विराटनगरले पश्चिम बंगालको युनाइटेड फुटबल क्बललाई ३-० ले र भारतको युनिइटेड सिकिम फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको हो भने एपीएफले चिरप्रतिद्धन्द्धी विभागीय टिम नेपाल पुलिसलाई २-० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

यसैबीच पोखरामा सम्पन्न आहा-रारा गोल्डकपका बिजेता संकटा व्याइज स्पोटिङ्ग क्बल विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाइ १-० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै संकटाले बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारतको पंजाव पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पंजावले सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मछिन्द्रलाई २-० गोल र गोरखा ब्वाइज क्लब रुपेन्देहीलाई टाईब्रेकरमा ४-२ गोलले हराउँदै सेमिफाइनमा पुगेको हो ।

खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबावु थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छन् । १९ औं आहा-रारा गोल्डकपको फाइनलमा क्यामरुनलाई ४-२ ले पराजित गर्दै संकटाले सिजनकै पहिलो उपाधि उचालेको थियो ।

 

प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार  ११ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।