Logo

नयाँ  बर्षमा डिल्ली फोम्बोको यो मायाले के गर्यो 



धरान र डिल्ली फोम्बो एंड द ब्याण्डको रुपमा स्टेजहरुमा चम्किरहेका धराने गायक डिल्ली फोम्बोले एक बर्षको अन्तरालमा नयाँ गीत भिडियो सहित रिलिज गरेका छन् ।

यो मायाले के गर्यो बोलको गीतमा गायक डिल्ली फोम्बोकै शब्द संगीत रहेको छ भने सन्जिब राईको संगीत संयोजन रहेको छ। रेखा लिम्बु र गायक डिल्ली फोम्बोको अभिनय रहेको गीतको नरेन लिम्बुको निर्देशन रहेको छ भने बिनय कंसाकारको सम्पादन र बिजेन्द्र भट्टराईको छायांकन रहेको छ।

लिम्बु समुदायमा पहिलो चोटी गुनगुनाइएको भनिएको  पोकन्दि र नेपाली लोक शब्द संगीतको सम्मिश्रण गरिएको गीत एउटा प्रयोगको रुपमा तयार गरेको गायक डिल्ली फोम्बोले बताए। लकडाउनले थलिएको समयमा तयार गरेर लकडाउन खुलेपछि गीत तथा भिडियो तयार गरिएको गायक फोम्बोले बताए। 

 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार १३:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।