रुपन्देही । गुल्मी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । नयाँ वर्षको दिन धार्मिक स्थल स्वर्गद्धारीको यात्रामा निस्किएका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरूको दुर्घटना भएको हो ।
उनिहरु सवार रहेको लु १ च १६५५ नम्बरको जिप गाडी दुर्घटना हुँदा प्रशासीय अधिकृत श्याम न्यौपाने, खरिदार ईश्वरी भण्डारी , कम्प्युटर अपरेटर सूर्य पन्थी र जिप चालक केशव कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै अर्को २७र२८ वर्षीय एक पुरुषको शव समेत गाडीमा च्यापिएको अवस्थामा फेला परेको छ । उनको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि ११ जना घाइते भएका छन् भने उक्त विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया