Logo

बैंकिङ

प्रभु बैंकको अध्यक्षमा सिटौला चयन



 प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला चयन भएका छन् । 

बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकमा २५ वर्ष काम गरी कार्यकारी निर्देशकबाट अवकाश पाएका सिटौलालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको बैंकले जानकारी दिएको छ । यस अघि चैत २३ गते नै उनलाई सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक चयन गरेको थियो ।  

सिटौलाले २०७१ साल मङ्सिर २८ देखि २०७५ साल मङ्सिर २७ सम्म कृषि विकास बैंकमा सिइओ रुपमा समेत काम गरिसकेका छन् । यस अघि बैंकको अध्यक्षमा देवीप्रकाश भट्टचन रहेका थिए ।  

प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार  ६ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।