Logo

आईतबार नेप्सेमा ३५ अंकको पहिरो, कारोबार पनि झन्डै ९ अर्बको  



आईतबार शेयर बजार परिसूचक नेप्से ३५.८९ अंकले घटेर २६९९.८९ अंकको विन्दुमा बन्द बजार भएको छ । आईतबार एकै दिन १ दशमलव ३१ प्रतिशतले घटेको बजारमा झन्डै ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।  

आईतबार शेयर बजारका सबै शूचकहरु १ प्रतिशत भन्दा धेरैले घटेका छन् । क वर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १ दशमलव २८ अंकले ओरालो लाग्दै ४८६.१६ को विन्दुमा आजको बजार बन्द भएको छ । 

आईतबार २ सय ७ कम्पनीको ९३ हजार ५ सय ६ड पटकको कारोबारमा १ करोड ९५ लाख २८ हजार ६ सय ५६ कित्ता शेयरको कारोबार हुँदा ८ अर्ब ८० करोड १८ लाख ३ हजार २ सय १४ रुपैयाँ ९७ पैसा बराबरको कारोबार भएको छ । 

आईतबार एभरेष्ट बैंक लिमिटेडको सर्वाधिक १० लाख ८६ हजार ४ सय ९८ कित्ताको कारोबार हुँदा ८७ करोड ६२ लाख ९९ हजार २ सय ६८ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एन.आइ.शी एशीया लघुवित्तको सर्वाधिक १० हजार ३१ पटकको कारोबारमा ५५ करोड ३२ लाख २७ हजार १ सय ८० रुपैयाँ बराबरको कारोबार भएको छ । 

दोहोरो अंकले घटेको बजारमा पनि ४ कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा कारोबार भएको छ । 

आईतबारको बजारमा म्यूचल फन्ड समूहको परिसूचक ० दशमलव ४६ प्रतिशतले बढ्दा बाँकि सबै समूहको परिसूचकहरु घटेर बन्द भएका छन् । जसमा व्यापार समूहको परिसूचक सर्वाधिक ३ दशमलव ४२ प्रतिशतले घटेको छ । होटल्स् तथा पर्यटन समूहको परिसूचक २ दशमलव ३२ प्रतिशतले घट्दा बाँकि समूहको परिसूचक २ प्रतिशत भन्दा थोरैले घटेका छन् । 

आईतबार शेयरबजारको बजार पूँजीकरण घटेर ३७ खर्ब ३७ अर्ब ८२ करोड ९ लाख ९ हजार ३ सय ७५ रुपैयाँ ५ पैसा कायम भएको छ । 

दोहोरो अंकले घटेको बजारमा १४७ कम्पनीको शेयर मूल्य घट्दा २९ कम्पनीको शेयर मूल्य भने बढेको छ बाँकी ५ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।   

प्रकाशित मिति : बैशाख ५, २०७८ आईतबार  ३ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।