Logo

कैलालीमा १० दिन विद्यालय बन्द



कैलाली । कैलालीका विद्यालयहरु १० दिनका लगि बन्द हुने भएको छ । 

आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीको संकट व्यवस्थापन समितिको बैठकले १० दिन विद्यानलय बन्द गराउन स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमणको हिसाबले कैलाली जिल्लालाई उच्च जोखिममा राखेको अवस्थामा विद्यालय बन्द गराउने अधिकार प्रशासनलाई नभएकाले  स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरिएको  जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख ५, २०७८ आईतबार  ४ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।