पोखरा । युनाईटेड क्लबको साताव्यापी कार्यक्रम अन्तर्गत पांचौ दिन पर्यटकीय क्षेत्र लेकसाइडको वैदाममा पोखराको पर्यटन क्षेत्रको पहिचान झल्किने होडिङ बोर्ड राखिएको छ । पोखराको पर्यटकीय क्षेत्रहरूलाई समावेश गरेर तयार गरिएको उक्त बोर्डको क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले उद्घाटन गरे ।
होडिङ बोर्डको उद्घाटन गर्दै संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखराको पोखरा आफैमा पर्यटकीय क्षेत्र भएता पनि पोखरा भित्र गुमनाम रहेका पर्यटकीय क्षेत्रहरूलाई समेत होडिङ बोर्ड मार्फत प्रचार प्रसार गर्नुपर्ने बताए । पोखरा महानगर भित्रका हरेक वडाहरूमा अझै पनि प्रचार प्रसार हुन बाँकी रहेको पर्यटकीय क्षेत्रहरू रहेको बताउँदै बख्रेलले आगामी दिनमा त्यस प्रति महानगरले पर्यटकिय क्षेत्रको पहिचान गरी हरेक वडा कार्यालय वा सम्बन्धित ठाउँमा पर्यटकीय गन्तव्य झल्किने बोर्डहरु राख्नका लागी पहल गर्नुपर्नेमा जोड दिए ।
युनाईटेड क्लबका पर्यटन उपसमितिको सल्लाहकार अनिल थापाले पोखरा आफैमा पर्यटकीय सहर भएता पनि अझै पनि यहाँका विभिन्न पर्यटकीय गन्तव्यहरू गुमनाम अवस्थामा रहँदा यहाँको पर्यटकीय क्षेत्रको पहिचान उजागर हुन नसकेको बताए । यसका लागी पर्यटन सम्बन्धी काम गर्ने सङ्घ संस्थाहरूले समेत ध्यान दिन जरुरी रहेको बताए ।
युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनाईटेड क्लबका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ, क्लबका कोषाध्यक्ष सूर्य बहादुर वानिया, सचिव दिनेश सुनार, सदस्यहरू जयराम आचार्य, विष्णु गुरुङ, सन्तोष कार्की, सीमा गुरुङ, कार्यालय सचिव रेजिना क्षेत्री लगायतको सहाभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए ।
प्रतिक्रिया