अरुण भ्याली हाइड्रोपावर कम्पनीको हकप्रद शेयर आज (सोमबार)देखि विक्रि खुल्ला भएको छ । उक्त आवेदन दिने समय बैशाख २६ गतेसम्मा लागि तोकिएको छ । कम्पनीले १ ०.५ को अनुपातमा हकप्रद जारी गरेको छ । हरेक २ कित्ता अरुण भ्यालीको शेयर हुने व्यक्तिले १ हकप्रदकन लागि आवेदन दिन पाउँने छन् ।
कम्पनीले ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद शेयर १ सय रुपैयाँ आंकितदरमा निष्काशन गर्न लागेको हो ।
कम्पनीले गत चैत्त ९ गते हकप्रदका लागि बुक क्लोज गरिसकेको छ । उक्त दिन भन्दा अगाडि कायम शेयर धनिले मात्र यस कम्पनीको हकपैदका लागि आवेदन दिन पाउँने छन् ।
प्रतिक्रिया