Logo

शेयर बजारको ओरालो यात्रा: ३७ अंक घट्दा झन्डै ७ अर्बको कारोबार 



यस साताको शुरुवातदेखि झरिरहेको बजार सोमबार ३७.५८ अंकले ओरालो लागेको छ । सोमबार शेयरबजारका सबै शूचकहरु राताम्मे देखिएका छन् । नेप्से सुचक २६६१.९४ अंकमा बन्द हुँदा सेन्सिटिभ इन्डेक्स पनि ७.०६ अंकले घटेर ४७९.१० अंकमा बन्द भएको छ । 

सोमबार २ सय १३ कम्पनीको ७३ हजार ५ सय ८१ पटकको कारोबारमा १ करोड ४२ लाख ६ सय ६८ कित्ताको व्यापार हुँदा ६ अर्ब ७६ करोड ६८ लाख २ सय २घ रुपैयाँ ८२ पैसा बराबरको कारोबार भएको छ । 

सोमबार नागरिक लगानी कोषको सर्वाधिक २८ करोड ३८ लाख ५६ हजार १ सय ९७ रुपैयाँ बराबरको कारोबार भएको छ । 

दोहोरो अंकले घटेको बजारमा वित्त र जलविद्युत समूहको परिसूचक झिनो अंकले बढ्ढा बाँकि सबै समूहको परिसूचक घटेर बन्द भएको छ । व्यापार समूहको परिसूचक २ दशमलव ९० अंकले घट्दा बाँकि सबै समूहको परिसूचक २ प्रतिशत भनदा थोरैले घटेको छ । 

सोमबारको बजार बन्द हुँदा नेप्सेको बजार पूँजीकरण ३६ खर्ब ८५ अर्ब ९८ करोड ४६ लाख ८८ हजार ६ सय २८ रुपैयाँ ५ पैसा कायम भएको छ । 

१ दशमलव ३९ प्रतिशतले बढेको बजारमा २३ कम्पनीको शेयरमूल्य बढ्दा १ सय ५४ कम्पनीको शेयर घटेको छ । बाँकी ४ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।  

 

प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार  ४ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।