महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले तोस्रो त्रैमासमा १ दशमलव ५७ प्रतिशतले नाफा बढाएको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा ३९ करोड ७३ लाख रहेकोमा अहिले बढेर ४० करोड ३६ लाख रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.६४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ०.६४ प्रतिशत घटेको छ । यद्यपि, बैंकको गैर सञ्चालन आम्दानी २३ लाख रुपैयाँबाट बढेर १ करोड ८० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ४ करोड ९८ लाख रुपैयाँबाट बढेर २५ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफा सामान्य बढेपछि बैंकको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ १५ पैसा घटेर १६ रुपैयाँ १० पैसामा झरेको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ९० पैसा रहेको छ ।
प्रतिक्रिया