मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसमा बैंकले १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ।
चालु आर्थिक वर्षको चैत्त मसान्तसम्ममा बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.७५ प्रतिशत बढी हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँबाट बढेर ८२ करोड ८७ लाख रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफासँगै खर्च नियन्त्रण गर्न सफल हुँदा बैंकको नाफामा सुधार देखिएको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.८२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४७.३० प्रतिशत बढेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३ पैसा बढेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४३ पैसा रहेको छ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ११.२५ प्रतिशत बढेको छ।
प्रतिक्रिया