Logo

लेनदेनको विषयमा लिएर रौतहटमा एक महिलाको हत्या



लेनदेनको विषयमा उग्र रुप लिँदा रौतहटमा एक महिलाको हत्या भएको छ ।गत भदौ १४ गते रौतहट गढीमाई नगरपालिका वडा नं ३ गम्हरिया पर्सा मुसरी टोल वस्ने सकल बैठाको श्रीमती मिन्त्रा देवी वैठाको हत्या लेनदेनको बिषयमा भएको रौतहट प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले सो घटनाबार सोमबार सार्वजनिक गरेको थियो ।

प्रहरीले हत्याको आरोपमा सोही गाउका अनवर हुसेनको छोरो जमसैद मियाँ, सफी महम्मद मियाँको छोरा दाउद मियाँ, कैल भन्ने रफिक मियाँको छोरा जहरुदिन मियाँ र सफी महम्मद मियाँको छोरा महम्मद ईसराफुल मियाँसहित गरी ४ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

मित्रा देबीको हत्या जग्गा बिवादको कारण सोही गाउका जमसैद आलमले योजना बनाइ हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार  १२ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।