Logo

कर्णाली प्रदेश : फ्लोर क्रस गर्ने ४ सांसद र मन्त्रीको पद चैट



 नेकपा एमालेले कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई पार्टी र संसद् सदस्य नरहने गरी कारबाही गरेको छ ।

एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेशमा माओवादीको सारकार जोगाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन ४ संसद् तथा मन्त्रीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकले फ्लोर क्रस गरी मुख्यमन्त्री साहीलाई जोगाउने सांसद प्रकाश ज्वाला मन्त्री अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारबाही गरेको हो ।

पार्टीले बैठकको उक्त निर्णयसँगै कारबाहीका लागी प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णयसमेत गरेको छ ।

यससँगै फ्लोर क्रस गरी आफ्नो मत सच्याएकी देवी ओलीलाई पनि कारबाही गर्न कर्णबहादुर थापा, गोरखबहादुर बोगटी लगायतका नेताको माग रहेको थियो । तर उनलाई कारबाही नगरेर दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार १४:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।