Logo

कीर्तिपुरमा ३ वटा सहकारी एकिकरण



काठमाडौं । कीर्तिपुर न.पा मा पहिलो पटक तीनवटा सहकारी एकिकरण गरिएको छ ।  कीर्तिपुर न.पा ९ स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लि. , काठमाडौं  मा. न.पा. १७ को सोनित्य बचत तथा ऋण सहकारी संस्था लि. र काठमाडौं  मा. न.पा. १७ अनामनगर अवस्थित आदिवासि जनजाति महिला बचत तथा ऋण सहकारी संस्था लि। विच सुरु भएको एकीकरण प्रकृया  सम्पन्न भएको छ । वाग्मती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखाबाट २०७८र१र९ गते उक्त एकीकरण प्रकृया स्विकृत भएसगै एकीकरण प्रकृया सम्पन भएको हो ।

तिनै संस्था विच गठन भएको एकीकरण कार्यदलहरुका विच पटक पटक बसेको बैठक तथा छलफल एवं सम्पन्न तीन वटै संस्थाको पछिल्लो साधारण सभा तथा एकिकृत साधारण सभाबाट तीन संस्थाविच एकीकरण गर्ने निर्णय भएको थियो । वाग्मती प्रदेश सहकारी ऐन २०७६ र प्रदेश सहकारी नियमावली २०७६ बमोजिम एकीकरणका शर्त तथा कार्यविधिहरु पारित भएको हो ।

कीर्तिपुर न.पा. ९ नगाँउमा आफ्नै भवनमा सेवा प्रदान गर्दै आएको यस संस्थाले काठमाडौं १७ खुसिबुँ ,काठमाडौ आदिबासी जनजाति महिला साकोस रहेको स्थानमा र चन्द्रागिरि न।पा मा आफ्नो सेवा केन्द्र सञ्चालन हुने र अन्य केही स्थानहरुमा पनि चाँडै नै शाखा बिस्तार हुने संस्थाका  प्रमुख कार्यकारी अधिकृत सुवर्ण महर्जनले बताए । 

संस्थाको एकिकृत साधारण सभाबाट दिनेश दर्शनधारीको अध्यक्षतामा ७ सदस्यिय नयाँ संचालक समिति पनि गठन भएको छ । जसमा  उपाध्यक्षमा  तारा तुलधर सचिवमा यशोदा राई कोषाध्यक्षमा जेनु महर्जन ,सदस्यमा शान्ति कुमारी राई, दिपक नेपाली  र जेनिस महर्जन सर्वसम्मत निर्वाचित भएका थिए। त्यसै गरी सल्लाहकारमा रिता श्रेष्ठ, शिब श्रेष्ठ, बुध्दि बहादुर महर्जन ,नजरराम महर्जन, बुध्दि बहादुर माली, छवि लाल जोशी ,बछला दर्शनधारी , बुध्दि बहादुर महर्जन २, नजराम महर्जन २ मनोनित भए ।

प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार  ६ : ०० बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।