Logo

गायक सत्यराज आचार्यको स्वरमा ‘यो जिन्दगीको’ सार्वजनिक 



काठमाडौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायक सत्यराज आचार्यले स्वर दिएका छन् ।

विकाश लामिछाने र समिक्षा पोखरेलको रोमान्टिक र जीवन्त अभिनय रहेको गितको भिडियोमा सरोज प्याकुरेलको निर्देशन रहेको छ भने गीतमा स्यम सरोजले संगीत भरेका छन् ।

गीतको म्यूजिक भिडयोको छायांकन बासु बरालले गरेका छन् । कोरियोग्राफी केशव राज भटटको रहेको छ । गीतमा प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार १९:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।