Logo

नेपाल र नेदरल्याणको फाईनल खेल : टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल  



जारी टि-२० सिरिजमा आज नेपाल नेदरल्याण बीच फाइनल खेल हुँदै छ । फाइनल खेलको अगाडि टस भने नेदरल्याणले जितेको छ ।

नेदरल्याणले टस जित्दै शुरुमा फिल्डिङ गर्ने निर्णय गरेको छ । 

डबल राउण्ड रोविन लिगमा नेपालले चारमध्ये ३ खेल जित्दै ६ अंक जोड्दा नेदरल्याण्ड्सले २ जित र १ बराबरीबाट ५ अंक जोड्यो । ३ खेलमा हार र १ बराबरीबाट १ अंक जोडेको मलेसिया जितविहिन हुँदै बाहिरियो ।

लिग चरणमा नेपालले नेदरल्याण्ड्सलाई एक पटक पराजित गर्दा एक पटक नेदरल्याण्ड्सले नेपाललाई हरायो ।

सिरिजको उद्घाटन खेलमै नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दै शानदार शुरुवात गरेको थियो । 

प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार  १२ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।