यो साताको शुरुवातदेखि घटेको शेयर बजार ५ कारोबार दिनमा २ दिन केहि अंकले बजार बढ्दा ३ दिन भने घटेरै बन्द भएको थियो ।
५ कारोबार दिनमा ३ दिन मात्र घटेको बजारमा एक सातामा शेयर बजार परिसूचक नेप्से ८७.३९ अंकले घटेको छ ।
यस साताको ५ कारोबार दिनमा ३ लाख ७४ हजार ५ सय ३० पटकको व्यापारमा ७ करोड २९ लाख १८ हजार ८ सय ६६ कित्ता शेयरको खरिद विक्री भएको थियो ।
८७.३९ अंकले घटेको बजारमा ३२ अर्ब ७९ करोड ४६ लाख १२ हजार १ सय ६९ रुपैयाँ ९९ पैसा बराबरको कारोबार भएको छ ।
यस साता बियरिस लयमा देखिएको शेयर बजारमा शेयर बजारको मार्केट क्यापिटलाइजेशनमा पनि उल्लेखनीय गिरावट आएको छ ।
अघिल्लो साता नेप्सेको बजार पूँजीकरण पनि अल टाईम हाईमा रहेको थियो । ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख ७० हजारबाट झरेर यस साताको अन्त्यमा ३६ खर्ब ६६ अर्ब ६९ करोड ९१ लाख ८८ हजार ५ सय ८९ रुपैयाँ ५ पैसा कायम भएको छ ।
यस साताको ५ दिनको कारोबारमा मात्रै शेयर बजारका लगानीकर्ताहरुको सम्पत्ती १ खर्ब २० अर्ब ८० करोड ९८ लाख ८१ हजार ४ सय ११ रुपैयाँले घटेको छ ।
कुन दिनको कारोबार कस्तो ?
आईतबार
आईतबार शेयर बजार परिसूचक नेप्से ३५.८९ अंकले घटेर २६९९.८९ अंकको विन्दुमा बजार बन्द भएको थियो । आईतबार एकै दिन १ दशमलव ३१ प्रतिशतले घटेको बजारमा झन्डै ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । आईतबार शेयर बजारका सबै शूचकहरु १ प्रतिशत भन्दा धेरैले घटेका थिए । क वर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १ दशमलव २८ अंकले ओरालो लाग्दै ४८६.१६ को विन्दुमा आजको बजार बन्द भएको थियो । आईतबार २ सय ७ कम्पनीको ९३ हजार ५ सय ६८ पटकको कारोबारमा १ करोड ९५ लाख २८ हजार ६ सय ५६ कित्ता शेयरको कारोबार हुँदा ८ अर्ब ८० करोड १८ लाख ३ हजार २ सय १४ रुपैयाँ ९७ पैसा बराबरको कारोबार भएको थियो । आईतबार शेयरबजारको बजार पूँजीकरण घटेर ३७ खर्ब ३७ अर्ब ८२ करोड ९ लाख ९ हजार ३ सय ७५ रुपैयाँ ५ पैसा कायम भएको थियो । दोहोरो अंकले घटेको बजारमा १४७ कम्पनीको शेयर मूल्य घट्दा २९ कम्पनीको शेयर मूल्य भने बढेको थियो बाँकी ५ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो ।
सोमबार
साताको शुरुवातदेखि झरिरहेको बजार सोमबार ३७.५८ अंकले ओरालो लागेको थियो । सोमबार शेयरबजारका सबै शूचकहरु राताम्मे देखिएका थिए । नेप्से सुचक २६६१.९४ अंकमा बन्द हुँदा सेन्सिटिभ इन्डेक्स पनि ७.०६ अंकले घटेर ४७९.१० अंकमा बन्द भएको थियो । सोमबार २ सय १३ कम्पनीको ७३ हजार ५ सय ८१ पटकको कारोबारमा १ करोड ४२ लाख ६ सय ६८ कित्ताको व्यापार हुँदा ६ अर्ब ७६ करोड ६८ लाख २ सय २घ रुपैयाँ ८२ पैसा बराबरको कारोबार भएको थियो । सोमबार नागरिक लगानी कोषको सर्वाधिक २८ करोड ३८ लाख ५६ हजार १ सय ९७ रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबारको बजार बन्द हुँदा नेप्सेको बजार पूँजीकरण ३६ खर्ब ८५ अर्ब ९८ करोड ४६ लाख ८८ हजार ६ सय २८ रुपैयाँ ५ पैसा कायम भएको थियो । १ दशमलव ३९ प्रतिशतले बढेको बजारमा २३ कम्पनीको शेयरमूल्य बढ्दा १ सय ५४ कम्पनीको शेयर घटेको थियो । बाँकी ४ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो ।
मंगलबार
मंगलबार शेयरबजार परिसूचक नेप्से २.६८ अंकले बढ्दा २६६४.६२ अंकको विन्दुमा बजार बन्द भएको थियो । झिनो अंकले बढेको बजारमा शेयरबजारका सबै सूचकहरुमा हरियाली छाएको थियो । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ०.५० अंकले बढ्दा ४७९.६० अंकको विन्दुमा बन्द भएको थियो । मंगलबार २ सय १६ कम्पनीको ६५ हजार ७ सय ९३ पटकको कारोबारमा १ करोड २३ लाख ६९ हजार ५ सय १ कित्ता शेयरको व्यापार हुँदा ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६ सय ४० रुपैयाँ ४९ पैसा बराबरको कारोबार भएको थियो । मंगलबार नागरीक लगानी कोषको सर्वाधिक २१ करोड ४२ लाख ८९ हजार ३ सय ६८ रुपैयाँ बराबरको कारोबार भएको थियो । झिनो अंकले बढेको बजारमा ४ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको थियो । मंगलबारको बजार बन्द हुँदा नेप्सेको बजार पूँजीकरण ३६ खर्ब ८९ अर्ब ६९ करोड ७५ लाख ६८ हजार ९ सय २२ रुपैयाँ ५ पैसा कायम भएको थियो । ० दशमलव १० प्रतिशतले बढेको बजारमा १ सय ७ कम्पनीको शेयर मूल्य बढ्दा ५६ कम्पनीको शेयरमूल्य घटेको थियो । बाँकि १८ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो ।
बुधबार
बुधबार एकै दिन शेयरबजार परिसूचक नेप्से ३२.४१ अंकले घट्दा २६३२.२१ अंकको विन्दुमा बजार बन्द भएको थियो । दोहोरो अंकले घटेको बजारमा शेयर बजारमा सम्पूर्ण परिसूचकहरु राताम्मे देखिएका थिए । ’क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १ दशमलव २९ प्रतिशतले ओरालो लागेको थियो । बुधबार २ सय १४ कम्पनीको ६६ हजार ४ सय ८० पटकको कारोबारमा १ करोड ३७ लाख ८७ हजार २ सय १८ कित्ताको व्यापार हुँदा ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २ सय २ रुपैयाँ ७५ पैसा बराबरको कारोबार भएको थियो । करिब ३३ अंकको पहिरो गएको बजारमा ४ कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा कारोबार भएको थियो । बुधबारको बजार बन्द हुँदा नेप्सेको कुल बजार पूँजीकरण ३६ खर्ब ४४ अर्ब ८२ करोड १३ लाख ५ हजार १ सय ५८ रुपैयाँ ५ पैसा कायम भएको थियो । दोहोरो अंकले घटेको बजारमा २१ कम्पनीको शेयरमूल्य बढ्दा १ सय ५० कम्पनीको शेयरमूल्य घटेको थियो । बाँकी १० कम्पनीको शेयरमूल्य भने स्थीर रहेको थियो ।
बिहीबार
सातामा निरन्तर घटिरहेको बजार साताको अन्तिम दिन भने दोहोरो अंकले बढेर बन्द भएको थियो । बिहीबार शेयरबजार परिसूचक नेप्से १५.८० अंकले बढेर २६४८.०१ अंकको विन्दुमा बजार बन्द भएको थियो । घटबढ हुँदै दोस्रो घण्टाबाट निरन्तर बढेको बजार अन्तत १५.८० अंकले बढेर बन्द भएको थियो । दाहोरो अंकले बढेको बजारमा शेयरबजारका सम्पूर्ण परिसूचकहरुमा हरियाली छाएका थिए । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ०.६८ प्रतिशतले उकालो लाग्दै ४७६.६० अंकमा बन्द भएको थियो । बिहीबार २ सय १४ कम्पनीको ७५ हजार १ सय ८ पटकको कारोबारमा १ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता शेयरको व्यापार हुँदा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८ सय ८७ रुपैयाँ ९६ पैसा बराबरको कारोबार भएको थियो । बिहीबार नेपाल क्रेडिट एण्ड कमर्शीयल बैंक लिमिटेडको सर्वाधिक १८ लाख ४० हजार ९ सय ७६ कित्ताको व्यापार हुँदा उक्त बैंकको मात्र ६२ करोड २७ लाख ७९ हजार ८ सय ५० रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबारको बजार बन्दहुँदा नेप्सेको बजार पूँजीकरण ३६ खर्ब ६६ अर्ब ६९ करोड ९१ लाख ८८ हजार ५ सय ८९ रुपैयाँ ५ पैसा कायम भएको थियो । ०.६० प्रतिशतले बढेको बजारमा १ सय २१ कम्पनीको शेयरमूल्य बढ्दा ४३ कम्पनीको शेयरमूल्य घटेको थियो । बाँकि १८ कम्पनीको शेयरमूल्य भने स्थीर रहेको थियो ।
प्रतिक्रिया