Logo

भरुवा बन्दुक सहित २ जना पक्राउ



मोरङ, केराबारी गाउँपालिका-३ मंसिरे बस्ने २६ वर्षीय रुबिन लिम्बु र ३५ वर्षीय गजेन्द्र बहादुर राईलाई १ थान भरुवा बन्दुक सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

केराबारी गाउँपालिका-३ मंसिरेस्थित जंगलमा उनीहरुसँगै गएका सोही ठाउँ बस्ने ३३ वर्षीय हस्त कुमार राई भरुवा बन्दुक पड्की मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय केराबारी र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार  ५ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।