Logo

लगानीकर्ताको आँखा हाइड्रोपावरमा, नेप्सेमा ७ अंकको गिरावट



मंगलबार सेयर बजारमा ७ अंक बढीको गिरावट आएको छ । आज नेप्से  परिसूचक ७ दशमलव२१ अंक अर्थात् शून्य दशमलव ४६ प्रतिशतको गिरावट आएको छ । 
दिनभर कारोबारमा आएका १९२ कम्पनीको ७२ लाख ७९ हजार ६६२ कित्ता सेयर बिक्रि हुँदा १ अर्ब ८२ करोड २५ लाख ४५ हजार ४४५ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आज १२ वटा समूहको उपसूचकमा हाइड्रोपावर र म्युचुअल फण्ड बाहेकका सबै समूहका सूचकहरुमा गिरावट आएको छ । 

या दिन जोसी हाइड्रोपावर, हिमालय उर्जा विकाश कम्पनी, आँखुखोला जलविद्युत वित्तिय संस्था, घलेमणी हाइड्रोपावर लगायका कम्पनीका लगानीकर्ताले आज ९ प्रतिशत भन्दा बढी कमाएका छन् । 
त्यस्तै आज कारोबार रकमको आधारमा अरुणकावेली हाइड्रो पावरले अधिपत्य जमाएको छ । यसले आजको दिनमा १७ करोड ४१ लाख ८४ हजार २३९ रुपैयाँबराबरको कारोबार गरको छ ।  

प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार  ३ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।