Logo

हिल्सामा सोलार मिनीग्रीड शिलान्यास



फिनल्याण्ड र युरोपेली सङ्घका राजदूतले हिल्सामा सोलार मिनीग्रीडको शिलान्यास गरेका छन् ।  हिल्सामा मिनीग्रीडको निर्माण कम्पनी छनोट भएपछि कोरोना कहरका बेला हुम्ला आएर राजदूतको टोलीले मङ्गलबार शिलान्यास गरेका हुन् । 

लगानी साझेदार देश फिनल्याण्डका राजदूत प्रट्टी एन्टिनेन र इयुका राजदूत नोना डेप्रेले सदरमुकाम सिमकोट हुँदै हिल्सामा पुगेर १०० किलोवाट उत्पादन क्षमताको सोलार मिनीग्रीडको शिलान्यास गरेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले जानकारी दिए ।  

सो आयोजनाबाट हिल्साको बस्ती विद्युतीकरण हुनाका साथै भुइँचुक प्रशोधन यन्त्र पनि स्थापना हुने छ ।  यस्तै राजदूतको टोलीले सोमबार हेलिकोप्टरमा नाम्खा गाउँपालिका–५ को यारीमा ५० किलोवाटको सोलार मिनीग्रीडको पनि शिलान्यास गरेको छ । उक्त आयोजनाबाट यारीका दुई गाउँ विद्युतीकरणका साथै तेल पेल्ने यन्त्र पनि स्थापना गरी सञ्चालन ल्याइने जनाइएको छ । 

उक्त दुवै सोलार मिनीग्रीड आयोजनाका लागि सात करोड रुपैयाँ लागत लाग्ने छ । यसबाट उत्तरी सीमा क्षेत्रका दुवै वस्तीमा पहिलो पटक विद्युतीकरण हुनेछ । 

प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार  २ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।