Logo

बुधबार शेयरबजार दोहोरो अंकले घट्दा झन्डै ४ अर्बको कारोबार



बुधबार शेयरबजार परिसूचक नेप्से १३.७९ अंक घटेर २५८५.२८ अंकको विन्दुमा बन्द भएको छ । शेयर बजार घट्दा शेयर बजारका सम्पूर्ण परिसूचकहरु राताम्मे देखिएका छन् । 

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि २.१६ अंकले ओरालो लाग्दै ४६५.१२ अंकमा बन्द भएको छ । 

बुधबार २ सय १५ कम्पनीको ४६ हजार ९ सय ५९ पटककको व्यापारमा ८९ लाख ६५ हजार ५ सय ८८ कित्ता शेयरको खरिदविक्री हुँदा ३ अर्ब ९९ करोड ४ लाख ३१ हजार २ सय ३५ रुपैयाँ ९३ पैसा बराबरको कारोबार भएको छ । 

बुधबार नेपाल क्रेडिट एण्ड कमर्शीयल बैंकको सर्वाधिक ८ लाख ३५ हजार ४ सय ६६ कित्ता शेयरको व्यापारमा उक्त कम्पनीको २८ करोड २९ लाख २६ हजार १ सय ५९ रुपैयाँ बराबरको कारोबार भएको छ । 

बुधबार पनि विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै बुधबार पोखरा फाइनान्सका लगानीकर्ताहरुले सर्वाधिक ६ दशमलव १५ प्रतिशतले गुमाएका छन् ।

दोहोरो अंकले घटेको बजारमा ३ समूहको परिसूचक भने बढेर बन्द भएका छन् बाँकि १० समूहको परिसूचक भने सबै राताम्मे देखिएका छन् । 

उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहको परिसूचक सामान्य बढ्दा बाँकी समूहको परिसूचक घटेका हुन् जसमा वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव २४ प्रतिशतले घटेको हो । 

बुधबार शेयरबजार बन्द हुँदा नेप्सेको बजार पूँजीकरण ३५ खर्ब ८० अर्ब २२ करोड २५ लाख ८५ हजार ६ सय २८ रुपैयाँ ५ पैसा कायम भएको छ । 

०.५३ प्रतिशतले घटेको बजारमा ३५ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ४१ कम्पनीको शेयर मूल्य घटेको छ बाँकी ६ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ । 

 

प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार  ३ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।