Logo

पत्रकार हुँ भन्दै थर्काउने को हुन् झापाका नितेश ?



काठमाडौं । नितेश ओली नाम गरेका व्यक्तिले एबिसी न्यूज खबरको पत्रकार भन्दै थर्काउदैं हिडेकाे पाइएको छ । झापा हल्दिबारीका स्वामी नितेश ओलीले आफुलाई एबिसी न्यूज खवरको पत्रकार भन्दै अरुलाई थर्काउने गरेको खुलेको हो ।

भष्ट्रचार, ठगि भण्डाफोर र पीडितलाई मल्हम लगाउने काम गर्दै आएका उर्लाबारीका युवामञुच नेपाल युट्युव च्यानलका सञ्चालक किशोर श्रेष्ठलाई उनले फोन गरेर असभ्य बोलेका थिए । ‘त ठगी भएको मान्छेको न्याय दिलाउन लाग्ने को हो भन्दै श्रेष्ठलाइ उनले गाली गरेका थिए । ‘मलाई चिनेको छस म पनि मिडियाको मान्छे हो, जो सुकै ठगिउन तलाई के चासो ? नितेशले यहाँ उल्लेख गर्न नसक्ने शब्द प्रयोग गर्दै श्रेष्ठलाइ धम्क्याएकाे श्रेष्ठकाे भनाइ छ ।

यस विषयमा हामीले उनलाई सम्पर्क गर्दा उनले “म जो भए पनि के चाहियो । म केपी ओली बोलेको के गर्छस । भनेर उल्टै थर्काउन थाले । तँ मात्र सञ्चार कर्मी हो ? हामी पनि सञ्चार कर्मी हो । मलाई किन ताकेता गर्ने ?” भनेर हामीलाई चर्को आवजमा थर्काउन लागे ।
त्यसपछि हामीले फेरी तपाई र किशोरको कुरा के हो भन्दा “मैले किसोरलाई चिनेको छैन्” । मेरो समाचार हाल्ने हो भने राम्रो फाटो हाल्नु भनेर निर्देशन समेत दिए ।

हिमीले ओलीलाई पुनः सम्पर्क गर्दा उनले किसोर श्रेष्ठलाई आफुले एउटा विषयमा समाचार बनाउन आग्रह गर्दा श्रेष्ठले आफुलाई मुख छडेको बताए । कुन मिडियामा आवद्ध हुनुहुन्छ भनेर प्रश्न गर्दा केहि वर्ष अगाडिदेखि नै सञ्चारमाध्यममा काम गरेको बताउँदै उनले आफूसँग सूचना विभागले प्एरदान गरेकाे कार्ड समेत भएकाे बताए । हाल आवद्ध भएको मिडिया भने उनले खुलाएनन् । तर, सामाजिक अभियान्ताकाके काम गरीरहेकाे र एउटा समाचार पट्राेल आ फ्नै रहेकाे उनकाे भनाइ छ ।

यस विषयमा पत्रकार महासंघ झपा र माेरङमा बुझ्दा दुबै जना पत्रकार नभएकाे पुष्टि भएकाे छ । श्रेष्ठ युट्युव च्यानल सञ्चालक र ओली सामाजिक सञ्जालमा मात्रै विषय उठान गर्ने व्यक्ती रहेका छन् ।

कानुनी प्रक्रियामा जान्छुः श्रेष्ठ

यस विषयमा बुझ्न हामीले किसोर श्रेष्ठलाई सम्पर्क गर्दा आफूले चलाइरहेको युवामञ्च नेपाल (युटुब च्यानल)मा आफ्नो समाचार प्रसारण गर्न एक पिडित आएको बताए । यस विषयमा श्रेष्ठले दुबै पक्षको राय बुझ्न खोज्दा पिडकले केहि दिनमा समस्या समाधान हुने बताएको र त्यस पछि आफुलाई ओलीले फोन गरेर असभ्य भाषा बोलेको बताए ।

यस विषयमा ओलीले श्रेष्ठलाई पटक-पटक फोन गरेर धम्काएको कारणले आफु कानुनी प्रक्रियामा जान लागेको श्रेष्ठको भनाई छ । यता नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले नितेश ओली नाम गरेको महासंघमा सदस्य कोही नभएको बताए ।

प्रेस क्लब हल्दिबारीका अध्यक्ष नेत्रविक्रम विमलीले नितेश नाम गरेको प्रेस क्लबमा कोही सदस्य नभएको र उनि सामाजीक अभियान्ता भन्दै सामाजिक सन्जालमा विभिन्न विषय उठान गर्दै विभिन्न संघसस्था र व्यक्तिहरूलाई थर्काउदै हिँड्ने गरेको बताएका छन् ।

हल्दीबारी उनिमात्र नभएर अन्य केही मान्छेहरु पत्रकार र सामाजिक अभियान्ता हुँ भन्दै विभिन्न याेजना र ब्यक्तीहरुलाई गाली गलाैज गर्ने पाइएकाले यसकाे छानविन अाफूहरुले गर्दै गरेकाे विमलीले बताए ।

प्रहरीबाट फरार नितेश लुकेर हिँड्छन्


झापामा समाजिक काम गर्ने सामाजिक अभियान्ता भनेर चिनिएका नितेशले बोलेका शब्द र आफुलाई मिडियाकर्मी भन्दै थर्काएकोले उनलाई सामाजिक अभियानता भन्न पनि नमिल्ने भएको छ ।

झापाका केही पत्रकारहरुलाई उनको बारेमा बुझ्दा उनी पत्रकार नभएको बताइएको छ । एक पत्रकार भन्छन्, बोक्रे सामाजिक अभियान्ता हो । त्यो लुकेर हिँड्छ । भेटे भने धेरैले पड्काउछन त्यसलाई । केहि समय अगाडि नितेशलाई झापा प्रहरीले बहुविवाह गरेको आरोपमा पक्राउ गरेको थियो ।

नितेशले ४ वर्ष अघि बिर्तामोड २ कि एक युवतीसँग विवाह गरेका थिए । विवाहपछि विभिन्न समस्या झेल्दै आएकी श्रीमतिसँगको सम्बन्ध विच्छेद मुद्दा चलिरहेको बेला ओलीले फेरि इलाम चुलाचुलीकी एक युवतीलाई श्रीमतिको रुपमा भित्राएका छन । बहुविवाहको जोहरी परेपछि स्थलगत अध्ययन गरेर दोस्रो श्रीमति ल्याएको पुष्टि भएपछि प्रहरीले ओलीलाई पक्राउ गरेको थियो ।

कथित अभियान्ता हुँदै घुमिरहेका ओलीले पहिलो श्रीमतिको आफन्तहरुलाई फेसबुकबाट मनपरी लेख्ने, गालीगलौज गर्दै धम्की दिने गर्थे । ओलीलाई चारपाने क्षेत्रका युवाले धाकधम्की दिएको भन्दै कुटपिट गरेका थिए । कुटपिटका क्रममा ओलीले बहुमुल्य सामान र नगद् समेत चोरी भएको आरोप लगाउदैं उजुरी दिएका थिए । सो उजुरीका आधारमा अनुसन्धान गर्दा ओलीले झुटो आरोप लगाएको पुष्टि भएको थियो ।


सो घटना जिल्ला प्रशासनमा पुगेको थियो । सोही बेला ओलीले सामाजिक सञ्जालमा सिडियोलाई मनपरी समेत लेखेका थिए । सिडियोमाथि मनपरी लेखेको भन्दै प्रहरीको निगरानीमा परेका ओली केहि महिना फरार भएका थिए । उनलाई सम्झाएर सम्झिने मान्छे नै होईन, एक पत्रकार भन्छन्, फेसबुकमा जे मन लाग्यो त्यहि लेख्ने, मानमर्दन गर्ने, कमजोर मान्छेसँग आइलाग्ने उस्को झापामा दुले चोर जतिको पनि इज्जत छैन् । अहिले पनि लुकी लुकी हिड्छ । एबिसी न्यूजले झापामा आफ्नो सम्बाददाता पार्थ मण्डल मात्र भएको बताएको छ ।

प्रकाशित मिति : माघ ८, २०७८ शनिबार  ४ : ४९ बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।