Logo

मासु प्रमाणीकरण गर्न काठमाडौं पठाइयो



लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गल क्षेत्रबाट नियन्त्रणमा लिइएको मासु परीक्षणका लागि काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे तातोपानी क्षेत्रमा जनावर काटेर भाग लगाइराखेको अवस्थामा निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले मासु बरामद गरेको थियो । त्यो मासु कुन जनावरको हो भन्ने यकिन गराई कानूनी दायरामा लैजान पहिलो चरणअन्तर्गत प्रमाणीकरण प्रक्रिया अगाडि बढाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताईन् ।

बरामद गरिएको मासुको परिमाण करिब सात केजी रहेको र  मासु भाग लगाउने कार्यमा संलग्न चार व्यक्तिलाई नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।

परीक्षणका लागि उक्त मासु बुधबारनै काठमाडौँ पठाएको बताइएको छ । परीक्षणबिना मासु कुन जनावरको हो भन्ने कुरा यकिन गर्न नसकिने र अनुसन्धानको प्रतिवेदन पेश नभएसम्म पक्राउ परेका व्यक्तिको नामसमेत उल्लेख गर्न नमिल्ने प्रमुख संरक्षण अधिकृत रानाले बताईन् । 

प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार  ११ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।