Logo

साँगा नाकामा कडाइ



कोभिड–१९ तीव्र गतिमा फैलिरहेका अवस्थामा  सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि प्रहरी प्रशासनले काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ । अरनिको राजमार्ग हुँदै काठमाडौंँ प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा उपत्यका प्रवेश गर्न खोज्ने सवारी साधन बिहानैदेखि प्रहरीले जाँच गर्दै फकाईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जिल्लाभित्र सबै प्रकारका सवारी साधन चले पनि उपत्यका प्रवेश गर्ने साँगा नाकामा सवारी साधनमा प्रहरी जाँच कडाइ गरिएको बताए । ‘हामीले उपत्यका प्रवेश गर्ने सवारीसाधनमा अत्यावश्यकबाहेक कुनै पनि सवारी साधन प्रवेश गर्न दिएका छैनौंँ ।’

उनले भने, ‘हिजो यात्रुहरु लिएर गाउँ गएका गाडीहरु फर्किरहेकामा चालक र सहचालक भएकालाई मात्रै प्रवेश गर्न दिएका छौँ ।’ साँगा भएर बुधबार यात्रु लिई गाउँ गएका सवारी साधन उपत्यका प्रवेश गर्नका लागि साँगा नाकामा पुग्ने गरेका छन् । त्यसरी गएका सवारी साधनलाई फर्काइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार  १२ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।