Logo

निषेधाज्ञाको पहिलो दिन ठिक १ प्रतिशतले बढ्यो शेयर बजार



बिहीबारबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको छ । उपत्यकामा अत्यावशेक सेवा बाहेक सबै क्षेत्रहरु बन्द गरिएका छन् । तर बन्दाबन्दीको समयमा नेपाल स्टक एक्सचेन्ज भने खुला नै रहेको छ । 

निषेधाज्ञाको पहिलो दिन र साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से २५.८३ अंक बढेर २६११.११ अंकको विन्दुमा बजार बन्द भएको छ । एक प्रतिशतले बढेको बजारमा शेयरबजारका सबै परिसूचकहरु बढेर बन्द भएका छन् । 

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ३.९१ अंकले बढेर ४६९.०३ अंकको विन्दुमा बजार बन्द भएको छ । 

बिहीबार २ सय १७ कम्पनीको ५० हजार ६ सय ७३ पटकको व्यापारमा ९८ लाख १८ हजार ४६ कित्ता शेयरको खरिदविक्री हुँदा ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २ सय ४८ रुपैयाँ ६८ पैसा बराबरको कारोबार भएको छ । 

बिहीबार नेपाल क्रेडिट एण्ड कमर्शीयल बैंकको सर्वाधिक ८ लाख ८४ हजार २ सय ४८ कित्ता शेयरको खरिदविक्री हुँदा उक्त बैंकको मात्र ३० करोड ९६ लाख ९४ हजार ५ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार संख्याका आधारमा भने निफ्राको सर्वाधिक २ हजार ६ सय ८४ पटक कारोबार भएको छ । 

दोहोरो अंकले बढेको बजारमा ३ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । महिला लघुवित्त, सिंगटी हाइड्रो र विशाल बजार कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको हो । बिहीबार श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक २ दशमलव ८२ प्रतिशतले गुमाएका छन् । 

बिहीबार समूहगत परिसूचकमध्य १३ समूहको कारोबार भएकोमा २ वटा समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचकमा वृद्धि देखिएको छ । होटल्स् र लगानी समूहको परिसूचक घट्दा बाँकी सबै समूहको परिसूचक बढेर बन्द भएका छन् । 

बिहीबारको बजार बन्द हुँदा शेयर बजारको पूँजीकरणले पनि केहि टेवा पाएको छ । ३६ खर्ब २० अर्ब ८२ करोड ७९ लाख २२ हजार ९ सय ८ रुपैयाँ ५ पैसा कायम भएको छ । 

१ प्रतिशतले बढेको बजारमा १ सय ३९ कम्पनीको शेयरमूल्य बढ्दा ३२ कम्पनीको शेयर मूल्य भने घटेको छ । बाँकी १२ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ । 
 

प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार  ३ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।