Logo

खानेपानी वितरणबाहेकका अन्य सेवा स्थगन



कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा जारी भएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले अत्यावश्यकबाहेकका सबै सेवा स्थगन गरेको छ ।

खानेपानी उत्पादन, वितरण, ट्याङ्कर एवं ढल सञ्चालन, चुहावट मर्मतबाहेक अन्य सेवा स्थगन गरिएको केयुकेएलले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस बढेको भन्दै अत्यावश्यकबाहेकका अन्य सार्वजनिक सेवा तत्काललाई स्थगन गर्न आदेश दिएको थियो ।

जिल्ला प्रशासनको आदेश जारी रहेको अवधिसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन रहने केयुकेएलले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार  ४ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।