नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ८३१ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
१२ हजार ५८७ जनाको पीसीआर र ९६३ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ । २४ घण्टामा मृत्यु भएकाहरुको संख्या २६ र रिपोर्ट प्राप्त ३५ रहेको मन्त्रालयले जनाएको हो ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २४६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ ।
प्रतिक्रिया