Logo

‘प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानून स्वीकार्य हुँदैन’



नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने गरी आउने कुनै पनि ऐन, कानून स्वीकार्य नहुने बताएको छ । 

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज प्रतिष्ठान शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले शुभकामना सन्देश दिँदै प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानून महासङ्घलाई स्वीकार्य नहुने बताएका हुन् । 

“पत्रकारका पेशागत र भौतिक सुरक्षा तथा प्रेस स्वतन्त्रताका लागि देशभरका पत्रकार एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको छ”, उनले भने । पत्रकार आचारसंहिता र पत्रकारिताका स्थापित मान्यतालाई अनुसरण गरे मात्र समाजले आम पत्रकारप्रति गरेको विश्वास र सामाजप्रतिको दायित्व पूरा हुने उनको भनाइ थियो ।  

प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार  १ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।