Logo

सिईडिबि हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख १७ गते देखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ।

आज कार्यलय समयपश्चात हाइड्रोपावरको शेयर निश्काशन बन्द हुने छ।

कम्पनीले कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

निष्काशन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । सर्वसाधारणले बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो शेयरमा सर्वसाधारणले आज कार्यलय समयसम्म मात्र आवेदन दिन सक्नेछन्। सो शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतममा २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्ने छन् । 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ। 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार ११:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।