Logo

मलामी गएका एकै गाउँका ३१ जनामा कोरोना पुष्टि



कोभिड-१९ संक्रमित भएर मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरीका एकै गाउँका ३१ जनामा कोरोना संक्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।

जिल्लाको मनरासिस्वा नगरपालिका-९ स्थित बथनाहा गाउँमा एकसाथ ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको हो । कोरोना संक्रमण भएपछि गत बुधबार स्थानीय ६६ वर्षीय वृद्धको मृत्यु भएको थियो ।

उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामी गएका करिब ७० जनामध्ये ४५ जनाको पीसिआर जाँच गर्दा ३१ जनामा कोरोना संक्रमण पाइएको हो ।

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार ११:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।