Logo

आरएसडिसि लघुवित्तको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?



आरएसडिसि लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा कम्पनीले नाफा ४० प्रतिशतले  बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा ७ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ जुन ४०.३१ प्रतिशतले धेरै हो ।

९ प्रतिशतले पूँजी बढाएको लघुवित्तको प्रतिशेयर आम्दानी पनि १० रुपैयाँबाट बढेर १३ रुपैयाँ पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ छ ।

 

प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार  १ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।