Logo

आइपीएल अनिश्चितकालका लागि स्थगित



थुप्रै खेलाडीलाई कोरोना संक्रमण भएपछि आइपीएल क्रिकेटको हालको सत्र अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईले एक बयानमा आइपीएल र बीसीसीआईका अधिकारीले एक आपतकालीन बैठक गरेर आइपीएलको हालको सत्रलाई तत्कालका लागि स्थागित गर्ने निर्णय लिएको जानकारी दिएको छ ।

आइपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा बबलभित्र कोरोना संक्रमणका थुप्रै मामिला आएपछि लीगलाई अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार  २ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।