काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा आगामी २९ गतेसम्म लम्ब्याइएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको बैठकले थप एक साताका लागि अर्थात वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना संक्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला भने भर्चुअल रुपमा सहभागी भए । बैठकले पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरेको छ । साथै निषेधाज्ञा थप कडाइका साथ लागु गर्न पनि मातहतका निकायलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया