Logo

पाँचथर पावर कम्पनीको नाफामा ५५ प्रतिशतको गिरावट



पाँचथर पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाकिस वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा कम्पनीको नाफा ५५ प्रतिशतले घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा २ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन ५५.५२ प्रतिशतले कम हो ।
९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ११ करोड ५ लाख रुपैयाँले घाटामा रहेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ९ रुपैयाँ २० पैसाबाट घटेर ४ रुपैयाँ ९ पैसामा झरेको छ। उसको प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ५१ पैसा रहेको छ ।

कम्पनीले यस अवधिमा विद्युत विक्रीबाट २६ करोड ७१ लाख रुपैयाँ कमाएको छ। गत वर्ष ३० करोड ७१ लाख रुपैयाँ कमाएकोमा यस्तो आम्दानी पनि १३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १६:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।