Logo

२४ घण्टामा ७ हजार ६६० जनामा संक्रमण



नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ५८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

मन्त्रायका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १६ हजार १३१ जनाको पीसीआर र ५७१  को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

थप ५५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरैको मृत्यु भएको छ । आज थप ५५ जनाको कोरोना संक्रमितको मृत्यु भएको हो । थप ५५ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ४१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १७:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।