सिइडिबी हाइड्रोपावरको आइपीओको आवेदन मंगलबारको कार्यलय समयपछि बन्द भएको छ ।
कम्पनीले बैशाख १७ देखि २५ लाख १८ हजार कित्ता शेयर आम सर्वसाधारणका लागि आवेदनदिने गरि खुला गराएको थियो ।
२ प्रतिशत कम्पनीका कर्मचारी र ५ प्रतिशत म्यूचल फन्डका लागि छुटाइएर २ लाख ४१ हजार ९ सय ५४ कित्ता शेयर आम सर्वसाधारणका लागि छुटाइएको छ ।
नेपाल क्लियरिङ हाउसका अनुसार सिइडिबी हाइड्रोपावरको आइपीओमा कुल १७ लाख ३६ हजार ७ सय जनाबाट २ करोड ६३ लाख ४५ हजार ५ सय कित्ताका लागि आवेदन परेको छ । जुन ११.२४ गुणाले धेरै हो ।
भाग्शाली २ लाख ३४ हजार १ सय ९५ जनाले १० कित्ताका दरले आइपीओ पाउँने छन् । हरेक ८ व्यक्तिमा एक जनाले आइपीओ पाउने सम्भावना देखिएको छ ।
प्रतिक्रिया