साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा झण्डै ७ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४३ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा ४६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। जुन ६.९५ प्रतिशतले धेरै हो ।
लघुवित्तले यस अवधिमा चुक्ता पूँजी २५ प्रतिशतले बढाएर १ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ। लघुवित्तले पूँजी बढाए अनुसार नाफा बढाउन नसक्दा उसको प्रतिशेयर आम्दानीमा भने संकुचन देखिएको छ।
लघुवित्तको प्रतिशेयर आम्दानी ५८ रुपैयाँबाट घटेर ४९ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २७४ रुपैयाँ छ।
लघुवित्तको कर्जा लगानी ६ प्रतिशतले बढेको छ भने खराब कर्जामा पनि सामान्य बृद्धि देखिएको छ
प्रतिक्रिया