Logo

लामो समयसम्म बाँच्न चाहानु हुन्छ भने नियमित गर्नूस् यस्ता काम



तपाईँ लामो समयसम्म बाँच्न चाहानु हुन्छ भने तपाईँको हिंडाईको गतिलाई बदल्न जरुरी छ । यदि विस्तारै हिड्ने बानी छ भने अबदेखि आफ्नो हिडाई धेरै कम भैरहेको महसुस गरी छिटो हिड्ने प्रयास गर्नुहोस् । एक युनिभर्सिटीले गरेको सोधबाट वैज्ञानिकहरुले तिव्रगतिमा हिड्दा कुनै पनि कारणले हुने मृत्यु २४ प्रतिशत कम हुने सम्भावना पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुले हिडाईँले छिटो हुने मृत्युबाट धेरै हदसम्म कम हुने दाबी गरेका छन् । विस्तारै हिड्नेको तुलनामा औसत हिड्नेले कुनै कारणबाट हुने मृत्युलाई २० प्रतिशत सम्म कम गर्न सक्छ । जब कि छिटो हिड्नेले २४ प्रतिशत सम्म कम हुन्छ ।

एक सोध अनुसार औसत गतिमा हिड्ने ६० वर्ष वा त्यो भन्दा धेरै उमेरका व्यक्तिहरुमा मुटु सम्बन्धि रोग हुने पनि सम्भावना भएकोले मृत्युको जोखिम ४६ प्रतिशत कम हु्न्छ । भने छिटो हिड्ने व्यक्तिको जोखिम ५३ प्रतिशत कम हुन्छ ।

वैज्ञानिक एमैनुएलको अनुसार सामान्यतया पाँच देखि सात किलोमिटर प्रति घन्टा रफ्तारमा हिड्नु पर्छ । यदि तपाइँ हिंड्दा हिंड्दै यही गतिमा रोकिन चाँहेमा सास फुल्छ र पसीना आउँछ । दिनहुँ मात्र १५ मिनेट हिडेमा पनि शरीरलाई स्वस्थ्य राख्न सकिन्छ । ३० वर्ष भन्दा धेरै उमेरका मानिसहरु दैनिक कम से कम १५ मिनेट हिड्नु धेरै आवश्यक हुन्छ ।

पैदल हिड्दा तौल पनि कम हुन्छ । नियमित रुपमा थोरै मात्र हिड्दा पनि शरीरमा जमेको एक्ट्रा फ्याट पनि कम हुन्छ । एक सोधका अनुसार पैदल नहिड्नेको तुलनामा हिड्नेहरु रचनात्मक हुन्छन् । त्यसैले आजैबाट पैदल हिड्न सुरु गर्नुृहोस् ।

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  ३ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।