Logo

लगानीकर्ताको आकर्षण विकास बैंक र हाइड्रोपावर तिर, सेयर बजारमा आजपनि गिरावट



बुधबार पनि सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ३ दशमलव १९ अंकले घटेर १५५०दशमलव ४३ बिन्दूमा रोकिएको छ । 
आज दिनभर काराबारमा आएका १९० कम्पनीको ८० लाख १९ हजार ६६१ कित्ता सेयर १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६९३ रुपैयाँमा किनबेच भएको छ । 
यो दिन १२ ओटा समूहको उपसूचकमध्ये विकास बैंक, फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड मात्रै उकालो लागेका छन् । 
त्यस्तै आज कामना सेवा विकास बैकका लागनीकर्ताले १० प्रतिशत, जोशी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत, घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव९१, आँखुखोला जलविद्युतका लगानीकर्ताले ९दशमलव ९१ प्रतिशतले कमाएका छन् । 

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  ३ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।