Logo

अक्षय कुमारको मुख्य भुमिका रहेको चलचित्र ‘लक्ष्मी बम’ डिजिटल माध्यमबाट सार्वजनिक हुँदै



नायक अक्षय कुमारको मुख्य भुमिका रहेको चलचित्र ‘लक्ष्मी बम’ सार्वजनिकको तयारीमा । कोरोना अगाडि हलमै रिलिज हुने बताइएको यो चलचित्र अब भने डिजिटल माध्यमबाट सार्वजनिक हुँदैछ । यो चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको ठूलो बलिउड चलचित्र हो ।

तर, अब यो चलचित्र हलमा पनि रिलिज हुने भएको छ । नोभेम्बर ९ तारिखमा चलचित्रलाई डिजिटल माध्यमसँगै हलमा पनि रिलिज गरिने बताइएको छ ।भारतीय मिडियाका अनुसार, यो चलचित्रलाई भारतमा डिजिटल प्लेटफर्ममा रिलिज गरिनेछ भने अष्ट्रेलिया, न्यूजिल्याण्ड र यूएइमा भने यो चलचित्र हलमा रिलिज हुने भएको छ ।

लामो समयपछि बलिउड चलचित्र हलमा पनि रिलिज हुन लागेको हो । भारतमा भने हल खुल्ने टुंगो नभएकाले पनि धेरै निर्माताले डिजिटल माध्यममै चलचित्र विक्री गरिरहेका छन् । चलचित्रमा अक्षयसँगै नायिका कियरा आडवाणीको मुख्य भूमिका छ ।

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  ४ : ०१ बजे