Logo

अक्सिजनका खाली सिलिण्डर फिर्ता गर्न कास्की प्रशासनको आग्रह



पोखरा : जिल्ला प्रशासन कार्यालय कास्कीले अक्सिजनका खाली सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै बजारमा अक्सिजनको अभाव हुन थालेका खवरहरु आउन थालेपछि कास्की प्रशासनले खाली सिलिण्डरहरु घरमा नराख्न र सम्वन्धित अक्सिजन उत्पादक कम्पनी तथा अक्सिजन खरिद गरेको निकायमा फिर्ता गर्न आग्रह गरेको हो ।

कास्की प्रशासनले एक सूचना जारी गर्दै ७२ घण्टा भित्र सिलिण्डरहरु सम्वन्धित निकायमा फिर्ता गर्न आग्रह समेत गरेको छ ।

खाली सिलिण्डर राखेर कृत्रिम अभाव सृजना गरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने समेत प्रशासनले जनाएको छ ।

182740764_1591765294347862_3152140791847952435_n.jpg

प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार  ४ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।