बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण भएको छ । आफूमा कोरोना पोजेटिभ देखिएपछि उनले आफूलाई होम क्वारेन्टिनमा बसेको जनाएकी छिन । ट्वीटरले उनको एकाउण्ट सस्पेण्ड गरिदिएपछि इन्स्टाग्राममार्फत आफ्ना फ्यानलाई कोरोना संक्रमणबारे उनले जानकारी दिएकी छिन ।
उनले लेखेकी छिन–‘निकै थाकेको महशुस गरेकी छु । केही दिन अघिदेखि मेरो आँखा पोलिरहेको छ । मैले हिजो मात्र स्वाब टेस्ट गराएको थिएँ, आज रिजल्ट आयो । मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु । मलाई थाहा छैन, यो भाइरस मेरो शरीरमा कसरी आयो । म यसलाई समाप्त पार्नेछु ।’
प्रतिक्रिया