Logo

दोलखा भीमसेनलाई पसिना, स्थानीयले गरे पूजा



दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा पसिना आएको छ । मन्दिरको शिलामा शनिबार दिउँसो पसिना आएको हो। मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् ।

लगत्तै स्थानीयले पूजाआराधना सुरु गरेका छन्। यसअघि गत मंसिर १४ गते पनि भीमेश्वरको शिलामा पसिना आएको थियो। शिलामा पसिना आएमा देशमा अनिष्ट हुने भन्दै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन छ । 

प्रकाशित मिति : बैशाख २४, २०७८ शनिबार  २ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।