Logo

हिमालयन डिस्टिलरीको नाफामा ५३ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता ?            



हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । हिमालयन डिस्टिलरी लिमिटेडले चैतमा ५३.८८ प्रतिशतले खुद नाफा बढाएको छ। कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ९ प्रतिशतले बढेपनि खर्च घटाएका कारण नाफामा उच्च बढोत्तरी देखिएको हो।

कम्पनीले चालु आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ४३ करोड ७१ लाखबाट बढेर ६७ करोड २७ लाख पुगेको जनाएको छ। 

कम्पनीले उत्पादन बिक्रीबाट ३ अर्ब ५७ करोडको आम्दानीलाई ३ अर्ब ८९ करोड पुर्याएको छ। यो भनेको ८.९९ प्रतिशतको बृद्धि हो।

कम्पनीले ४ करोड ४७ लाखको अन्य आम्दानीलाई बढाएर १५ करोड ८७ लाख पुर्याएको छ। प्रशासनिक खर्च २८.७७ प्रतिशतले घटाएको छ। अघिल्लो चैतमा १२ करोड २ लाख रहेको खर्चलाई यसपालीको चैतमा ८ क रोड ५६ लाख रुपैयाँमा झारेको छ।

कम्पनीको प्रति सेयर आम्दानी १०३ रुपैयाँभन्दा बढि छ। मूल्य आम्दानी अनुपात ४२.८२ गुणा छ। प्रति सेयर नेटवर्थ १८८.५४ रुपैयाँ छ भने प्रति सेयर खुद सम्पतिको मूल्य १९२ रुपैयाँ छ।

गत बर्षको नाफाबाट सत् प्रतिशत लाभांस दिएको कम्पनीले यसमध्ये ५० प्रतिशत बोनस सेयर दिएर पुँजी बढाएको थियो। 

प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार  १० : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।