Logo

सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरण, नाफामा १ प्रतिशतको वृद्धि



सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा कम्पनीको नाफा १ं२७ प्रतिशत वृद्धि भएको छ । 
 
कम्पनीले १४ करोड ५७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा १४ करोड ३९ लाख २३ हजार रुपैयाँ कमाएको 
 थियो । 

कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा खुद बीमाशुलक संकलनलाई १०९.७९ प्रतिशतले बढाएको छ ।

चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब ४४ करोड १० लाख २६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब १६ करोड ३५ लाख ५२ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ६५.४६ प्रतिशतले बढेर ७६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको बीमा कोष १३८.०५ प्रतिशतले बढेर ३ अर्ब १ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आईतवार १५:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।