नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट गरिएको परीक्षणमा ८ हजार ७७७ र एन्टीजेनबाट गरिएको परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गरिएको थियो भने ५०६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अघिल्लो हप्ताभन्दा यस हप्ता ९० प्रतिशतले संक्रमित बढेको मन्त्रालयले जनाएको छ । यसअघि शनिबार ८ हजार ४१८ जनामा कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया